वर्तमान आधुनिक समाजमा आधुनिकताको नाममा पश्चिमी सभ्यताको प्रभाव बढ्दै गई नेपाली समाजमा सदियौँदेखि चलिआएको संस्कृति परम्परा लोप हुँदै गएको सन्दर्भलाई हृदयंगम गरी सोको जगेर्ना, संरक्षण र सम्बर्द्धन गर्ने अभिप्रायले समाजमा रहेका हिन्दु धर्मावलम्बीहरुमध्ये विभिन्न वर्ग समुदायको संस्कृतिको जगेर्ना गर्दै आपसी सद्भाव, भातृत्वको भावनालाई मजुबत बनाउँदै दुःख सुखमा साथ दिई एकीकृत समाजको निर्माण गर्ने स्वच्छ एवम् बृहत उद्देश्य अनुरुप कार्य गर्ने संस्था हो “मनोहरा विद्यानगर सेवा समाज” (Manohara Vidyanagar Service Society)

