Activities 


१)        समाज कल्याणमा आवद्धता :  यस मनोहरा विद्यानगर सेवा समाजलाई समाज कल्याण परिषद्मा आवद्ध गराउने कार्य सम्पन्न भएको छ। 

२)        वेबसाइट निर्माण :  संस्थाको कार्य, सदस्य परिवारको अभिलेख एवं विविध क्रियाकलापहरु समेटी संस्थाको आधिकारिक वेबसाइट संचालनमा ल्याइएको छ।  जसको ठेगाना यसप्रकार छ : www.manoharavss.org.np

३)        खाता संचालन :  संस्थाको कोष तत्कालीन समयमा कृषि विकास बैंक कोटेश्वरबाट संचालन भइरहेकोमा उक्त कोषमा रहेको रकम बरुण बहुद्देश्य सहकारी संस्थामा संस्थाका अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतबाट संचालन हुने गरी बचत खाता खोली संचालनमा ल्याइएको। 

४)        सल्लाहकार नियुक्तीः संस्थालाई विधिसम्मत तरिकाबाट अगाडि बढाउनका लागि समाजका वरिष्ठ व्यक्तिहरुलाई समावेश गरी सल्लाहकार समिति गठन गरी कार्य संचालन गर्ने गरिएको। साथै कानुनी सल्लाहकारमा श्री कमल थापा क्षेत्री र आर्थिक सल्लाहकारमा श्री केशव बोहरालाई मनोनयन गरी सम्बन्धित क्षेत्रमा आइपरेका समस्या समाधान गर्दै अगाडि बढिरहेको। 

५)        अन्तरक्रिया कार्यक्रम :  यस संस्थाको अगुवाईमा २०६६ बैशाख १९ गते सर्वसाधारण नागरिक, विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं कानुनविद्हरु समेतको सहभागितामा।।।भावी संविधानमा संघीय संरचनाको स्वरुप र आत्मनिर्णयको अधिकार' विषयक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।  
६)        देउसी भैलो कार्यक्रमः हाम्रो संस्कृति, सामाजिक परम्परा, आपसी भाइचारा र सद्भाव कायम राख्ने अभिप्रायले वि.सं. २०६६ को शुभ(दीपावलीको उपलक्ष्यमा देउसी भैलो कार्य संचालन गरी तिहार पर्व मनाउने कार्य गरियो। 

७)        पुरस्कार तथा सम्मानः यसै संस्थाअन्तर्गत रहने गरी स्थापना भएको शैक्षिक सम्मान कोषबाट संस्थाको दोस्रो स्थापना दिवसको उपलक्ष्यमा समाजका सदस्य परिवारभित्रबाट २०६६ सालमा एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीण हुने देहायबमोजिमका छात्रछात्रलाई  नगद पुरस्कार एवं कदरपत्रसहित सम्मान गर्ने कार्य गरियो। 

more