संस्थाको उद्देश्यहरु
(क) संस्थाले राष्टू, राष्टिूयता, सार्वभौमिकता, राष्टिूय अखण्डता, राष्टिूय गौरव, धार्मिक सांस्कृतिक र बैदिक परम्पराहरुलाई अक्षुण राख्नुका साथै भातृत्व, प्रेम, आपसी, सद्भाव, पारस्पारिक सहयोग, आपसी मेलमिलाप र मैत्रिपूर्ण सम्बन्ध कायम राखी एकीकृत समाजको निर्माण गर्ने।
(ख) संस्थाले आफ्ना सदस्यहरुबीच आइपरेका दुःखदायीपूर्ण घटनाहरुमा सहानुभूति पूर्वक एकिकृत ढंगले उक्त अवस्थामा प्रत्यक्ष रुपमा आर्थिक, सामाजिक, सांस्कृतिक सहयोग पुर्याइ भाईचाराको सम्बन्धको अनुभूति दिलाउने।
(ग) संस्था भित्रका सदस्यहरूका परिवारमा मृत्यु तथा अन्य दुःखद घटना घटेमा संस्थाका सबै सदस्यहरु मिलि धार्मिक रीतिरिवाजअनुसार गर्नुपर्ने क्रिया कर्महरु र जस्तो सुकै आइपरेका दुःखद घटनासमेतमा सबै सदस्य एकजुट भई तत्कालीन समस्या समाधान गरी अपनत्वको भावनाको प्रत्याभूति दिलाउने प्रकारका कार्य गर्ने।
(घ) परम्परालाई अक्षुण राख्नका लागि विभिन्न देवी देवताका मन्दिर पाटी, पौवा, सत्तल, विश्रामगृहको निर्माण गर्ने।
(ङ) समाजका अनाथ, बृद्ध, बृद्धा, विधुवा तथा असहायहरुलाई सहयोग पुर्याउने।